उपचार गराउन दिल्ली गए जसपाका अध्यक्ष ठाकुर
टुडेपाटी-
जनकपुरधाम, माघ २६ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको राजधानी नयाँदिल्ली गएका छन् ।
नियमित उपचारका लागि अध्यक्ष ठाकुर नयाँदिल्ली गएका जसपा नेता जितेन्द्र सोनलले जानकारी दिए ।
‘उहाँ नियमित उपचारका लागि जानुभएको हो, १ वर्षदेखि लकडाउनका कारण जान पाउनुभएको थिएन, दिल्लीमा उहाँको उपचार हुँदै आएको छ,’ नेता सोनलले भने ।
स्रोतका अनुसार जसपा कार्यकारिणी सदस्य राजकिशोर यादव समेत भारत गएका छन् ।
देशमा राजनीतिक उथलपुथल भइरहेका बेला जसपा नेताहरूका दिल्ली जानुलाई कतिपयले राजनीतिक रूपमा समेत हेरेका छन् ।
Sponsored