TodayPati

प्रदेश २ सरकारद्वारा सञ्चार क्षेत्रमा ३ पदाधिकारी नियुक्त

टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।

प्रदेश २ सरकारले मिडिया सञ्चार क्षेत्रमा तीनजना पदाधिकारीलाई नियुक्त गरेको छ । आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा शुक्रबार उनीहरुलाई नियुक्त गरेको हो ।

सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरी भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरिएको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

Sponsored

शुक्रबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको उनले बताए ।

नियुक्त भएका श्यामसुन्दर र शिबहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् भने मोरबैता सिरहा जिल्ला निवासी हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *