सप्तरीमा घुर तापिरहेकी ७५ वर्षीया वृद्धाको जलेर मृत्यु
टुडेपाटी-
सप्तरी, माघ २३ गते ।
सप्तरीमा घुर ताप्दै गरेकी एकजना वृद्धाको जलेर मृत्यु भएको छ ।
सुरुङ्गा नगरपालिका वडा नम्बर २ हर्दिया निवासी ७५ वर्षीया कमलीदेवी पासवानको जाडो छल्न तापिरहेको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति आफ्नै घरमा आगो तापिरहेकी पासवानले लगाएको सारीमा आगो सल्किँदा उनको शरीरमा आगो लागेको थियो ।
आगो लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लहान लगिए पनि शुक्रबार बिहान मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।
Sponsored