प्रदेश २ : टयाक्टर र कारको ठक्करबाट दुई जना मोटरसाइकल चालकको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।
प्रदेश २ मा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
सर्लाही र सप्तरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको गोडैता नगरपालिका १ बहादुरपुरस्थित नेपाल भारत सीमा नजिकै ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०आर ७१५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३०जीए ०७९६ नम्बरको टयाक्टर एक आपसमा ठोक्किएको हो ।
Sponsored
उक्त दुर्घटनामा मोटरसाइकलमा सबार सर्लाहीको बरहथवा नगरपालिका १३ विन्वा टोल बस्ने ४९ वर्षीय इन्द्रासनदेवी यादवको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक एवं मृतकका छोरा २३ वर्षीय रुपेश राय घाइते भएका छन् ।
गम्भीर घाइते भएकी इन्द्रासनदेवीलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक दीपक चोरबारले जानकारी दिए ।
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौनास्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट मोटरसाइकल चालक कृष्णसावरन गाउँपालिका १ बस्ने ६५ वर्षीय बहुरी चौधरीको मृत्यु भएको प्रहरले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ज ४०४७ नम्बरको कारले स १० प २७३३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिएको थियो ।
उपचारका लागि घोपा क्याम्प धरान लागिएकोमा उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करले गम्भीर घाइते भएका मोटरसाइकल चालक कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।