TodayPati

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा अख्तियारको छापा, केही कागजात नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, माघ १९ गते ।

 जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले सोमबार बिहान १० बजेदेखि दिउसो साढे ४ बजेसम्म उपमहानगरपालिकाको कार्यालयमा छापा मारेको हो ।

Sponsored

उपमहानगरपालिकाविरुद्ध उजुरी परेपछि अख्तियार कार्यालय बर्दिबासका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वको टोलीले कार्यालयको लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा अनुगमन तथा निरीक्षण गरेको थियो ।

उपसचिव ज्ञवालीले उपमहानगरद्वारा सञ्‍चालन भएका योजनाहरूको स्थलगत अनुगमन निरन्तर जारी रहने उनले बताए । टोलीले अहिलेसम्म ४ उजुरीमाथि छानबिन गरिसकेको र बाँकी उजुरीमाथि छानबिनलाई जारी राखिने र गलत देखिएमा दोषीलाई कारबाहीको दायरामा ल्याउने अख्तियारले जनाएको छ ।

श्रोतका अनुसार अख्तियारले उजुरी परेका मध्येका केही सम्पन्‍न योजनाका फाइलसमेत नियन्त्रणमा लिएको छ । ती फाइलको अध्ययन तथा छानबिन कार्यालयमै बसेर गरिनेछ भने फरक देखिएमा सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाई अख्तियारले सोधपुछ गर्नेछ ।

Sponsored

ज्ञवाली नेतृत्वको टोलीमा इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाललगायत छन् ।

उपमहानगरकी उपमेयर रीता मिश्रले विभिन्‍न योजनाविरुद्ध परेको उजुरी छानबिन गर्न अख्तियारको टोली कार्यालयमा आएको बताइन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *