धनुषामा एकै हातले ‘हाई स्पीड’ चलाउँदै गरेको मोटरसाइकल दुर्घटना भएर घटनास्थलमै गयो युवकको ज्यान
टुडेपाटी-
जनकपुरधाम, माघ १९ गते ।
धनुषामा हाई स्पीड मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालको घटनास्थलमै ज्यान गएको छ ।
ज्यान जानेमा विदेह नगरपालिका १ ठाढीका २५ वर्षीय सुविन मण्डल रहेको दुहबी प्रहरीचौकीले जनाएको छ ।
अगाडि पछाडि नम्बर प्लेटसमेत नभएको चौकीका सई हिलस सिंहले टुडेपाटीलाई जानकारी दिए ।
सोमबार अपराह्न घर ठाढीबाट तीनकौरिया चौक एक हातले हाइ स्पीडमा मोटरसाइकल चलाएर जाँदै गर्दा विदेह नगरपालिका ३ दुहबीमा अनियन्त्रित भएर मण्डलको घटनास्थलमै मृत्युु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीयका अनुसार युवक मण्डलले नियमित हाई स्पीडमै लापरबाही पूर्वक मोटरसाइकल चलाउँदै अाएका थिए ।
Sponsored
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको सई सिंहले जानकारी दिए ।