TodayPati

भ्रष्टाचार आरोपी बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर कानुनी डण्डाबाट बच्न खुलेरै ओली समुहमा !

टुडेपाटी

जनकपुरधाम, माघ २० गते ।

बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत ओली समुहको नेकपामा लागेका छन् ।

Sponsored

यसअघि प्रतिनिधिसभा विघटनपछि अनौपचारिक रुपमा विभाजित भइसकेको नेकपाको कुनै समुहमा नलागेको र अफु तठस्त रहेको बताउँदै आएका अध्यक्ष राउत पछिल्लो समय खुलेरै ओली समुहमा लागेका हुन् ।

गाउँपालिकामा व्यापक भ्रष्टाचार गरेको र कमिसनतन्त्रमा उत्रिएको आरोप लागिरहेकोबेला अध्यक्ष राउत कानुनी डन्डाबाट बच्न सत्तारुढ ओली समुहमा लागेको उनी निकट नेताहरु बताउँछन् ।

कोरोना महामारी नियन्त्रण, सोलार बत्ती खरिद, सिँचाइकालागि बोरिंग जडान लगायतका शिर्षकमा अध्यक्ष राउतले व्यापक भ्रष्टाचार गरेको स्थानीयहरुको आरोप छ ।

Sponsored

उनले गाउँवासी तथा पत्रकारलाई कानुनी रुपमा ती विषयका सूचना दिन पनि इन्कार गरिरहेका छन् ।
निर्वाचित भएयता गाउँपालिकामा खासै राम्रो काम गर्न नसकेका अध्यक्ष राउतप्रति पार्टीभित्र र बाहिर व्यापक असन्तुष्टि बढेको र गाउँपालिकाभित्र संगठनलाई समेत कमजोर बनाइदिएपछि अगामी निर्वाचनमा प्रचण्ड—नेपाल समुहबाट टिकट पाउने सम्भावना नदेखेर उनी पुर्वमन्त्री रघुवीर महासेठसँगै लागेको बताइन्छ ।

अध्यक्ष राउतले प्रचण्ड—नेपाल समुहलाई छोडिसकेको र ओली समुहबाट कुनैपनि हालतमा टसमस नहुने उनले प्रतिबद्धता जनाएको ओली समुह नेकपाका धनुषा अध्यक्ष राज किशोर यादवले जानकारी दिए ।

यद्दपी प्रदेश २ नेकपा संसदीय दलका नेता शत्रुध्न महतोकै बलमा पछिल्लो स्थानीय तहको निर्वाचनमा विजयी भएकाले महतोलाई समेत उनले औपचारिक रुपमा आफुले साथ छोडिसकेको बताएका छैनन् ।

टुडेपाटीसँग कुराकानी गर्दै अध्यक्ष राउतले रघुवीर महासेठलाई अगामी चुनाव जिताउन गाउँपालिकाबाट भोट दिएर जिताउने प्रतिवद्धता जनाएको स्वीकार गरे ।

तर ओली समुहबाट टसमस नहुने अध्यक्ष यादवसँग गरेको प्रतिबद्धताबारे उनले ईन्कार गरे ।

प्रचण्ड—नेपाल समुहका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम बहिस्कार गर्दै आएपनि सोमवार धनुषाको ढल्केवरस्थित ४ सय केभी सबस्टेशनको उदघाटनपछि आयोजित प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन कार्यक्रममा समेत उनी सहभागी भएका थिए ।

अध्यक्ष राउत यसअघि बटेश्वर गाउँपालिकाम—४ स्थित सुखजोर खोलाको पुल उदघाटन कार्यक्रममा महिला बालवालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महासेठ, पुर्वमन्त्री रघुवीर महासेठसँगै देखिएपनि उनी ओली समुहमा लागेकोबारे इन्कार गर्दै आएका थिए ।

तर पछिल्लो समय उनी दिनहुँ पुर्वमन्त्री महासेठसँग भेटघाट तथा छलफल तिब्र बनाएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *