महोत्तरीबाट शसस्त्र प्रहरीका हवलदार १५ हजार घुससहित अख्तियारको फन्दामा
टुडेपाटी-
जनकपुरधाम, माघ १९ गते ।
महोत्तरीबाट १५ हजार रुपैयाँ घुससहित एक प्रहरी हवल्दार अख्तियारको फन्दामा परेकअ छन् ।
महोत्तरीको गौशाला नगरपालिका १ स्थित निगौलचौकबाट १५ हजार घुस सहित शसस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत शसस्त्र प्रहरी बरिष्ठ हवलदार श्रवण बस्नेत पक्राउ परेका हुन् ।
सोमबार साँझ करिब ५ बजेको समयमा एकजना सर्वसाधारणबाट जंगलबाट दाउरा ल्याउन सहज गरिदिने प्रयोजन बापत घुस लिइरहेको बेला उनलाई अख्तियार दुरुपयोग अनुसन्धान अायो बर्दिवासको टोलिले पक्राउ गरेको हो ।
अख्तियारले हवल्दार चढेको ना. १ झ ८६४ नं.को बेस क्याम्पको भ्यान समेत नियन्त्रणमा लिएको जनाएको छ ।
हवल्दार बस्नेतमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
Sponsored