TodayPati

महोत्तरीका बलात्कार आरोपी उम्किन पीडितलाई ३ लाख दिए, अदालतमा पनि दौडधुप बढाए

टुडेपाटी-

जनकपुरधाम, माघ १५ गते ।

महोत्तरीको भंगहामा महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकालागि थुनामा रहेका वडा सचिव कारवाहिबाट उम्किन आर्थिक चलखेल थालेका छन् ।

Sponsored

पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका वडा सचिव पक्षले उच्च अदालत जनकपुरबाट समेत उम्किन चलखेल थालेको हो ।

भंगहा नगरपालिका–९ हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत महोतरीको आदेशमा भंगहा नगरपालिका-९ का ५२ वर्षीय वडा सचिव मिथलेश यादव पुर्पक्षकालागि थुनामा छन् ।

थुनामा रहेको वडा सचिवले उच्च अदालत जनकपुरमा पुनरावेदन गरी आर्थिक चलखेल शुरु गरेको हो ।
०७७ मंसिर २० गते उच्च अदालत जनकपुरमा दर्ता भएको कैफियत प्रतिवेदन मुद्धामा माघ ८ गते न्यायधिश प्रकाश चन्द्र गजुरेल र शकुन्तला घिमिरेको इजलासले सक्कल कागजात मगाउन आदेश दिएको थियो । यस अघि ३ पटक मुद्धाको पेसी स्थगित गरिएको थियो ।

Sponsored

पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका आरोपित वडा सचिवका पक्षले पछिल्लो समय उच्च अदालत जनकपुरमा फाँटबला कर्मचारी र अन्य माध्यमबाट न्यायालयलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको छ ।

पिडित महिलालाई तठस्थ बस्न ३ लाख नगद दिइएको चर्चा भएपनि प्रमाण भने भेटिएको छैन । यस अघि आरोपित महिलालाई १० लाख रुपैयाँ र १० कठ्ठा जग्गा लिएर अदालतमा बयान फेर्न भनेका थिए ।

घरमा श्रीमान्ले बनाएको टोकरी बेचेर हरिणमरी बजारबाट असोज १४ गते घर फर्किंदै गर्दा ३५ वर्षीया महिलालाई वडासचिव यादवले बलात्कार गरेको आरोप छ ।

घटनालगत्तै प्रहरीले आरोपित वडासचिव यादवलाई पक्राउ गरेको थियो ।

घटनालगत्तै आरोपित वडासचिव यादवले गाउँकै एक नेताको घरमा गई मेलमिलाप गराइदिन अनुनय गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *