TodayPati

पेट्रोलियम् ट्यांकर र बस ठोक्किदा आगलागी, जलेर ५३ जनाको ज्यान गयो

एजेन्सी-
जनकपुरधाम, माघ १५ गते ।

पेट्रोलिय पदार्थ बोकेको ट्यांकरसंग ठोक्किएर यात्रु बाहक बसमा आगलागी हुँदा हुँदा क्यामरुनमा ५३ जनाको जलेर ज्यान गएको छ । अन्य २९ जना गम्भीर घाइते भएका छन् ।

बुधबार देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो साढे ३ बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

Sponsored

दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो । ट्यांकर र बस ठोक्किए लगतै बसमा आगलाी भएको हो ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Sponsored

प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *