महोत्तरीमा दैनिक गौमन सर्प निस्केपछि हेर्नेको भीड (फोटो)
टुडेपाटी-
जनकपुरधाम, माघ १४ गते ।
महोत्तरीको बलबा नगरपालिकाको रौजाटोलमा दैनिक गौमन सर्प निस्कने गरेको छ ।
बलवा नगरपालिका ११ रौजा टोलका स्थानीय सतलाल राउतको खेतको आलीमा एउटै गौमन सँर्प दैनिक रुपमा निस्किँने गरेको स्थानीय मनोज पटेलले जानकारी दिए ।
मनोजका अनुसार करिब एकमहिनादेखि दैनिक दिउँसो दुलोबाट निस्किने सर्प नजिक जाँदा समेत मानिसहरुलाई केहि नगर्दा नाग देउता भन्दै स्थानीयले पूजाअर्चना समेत गर्ने गरेका छन् । गौमनलाई सुरुमा घाँस काट्न गएका महिलाहरुले देखेका थिए । नियमित सर्पलाई देखेपछि महिलाहरुले स्थानीयलाई जानकारी गराएका थिए ।
स्थानीयले जानकारी पाएपछि हेर्न संयौ मानिस पुग्ने गरेका छन् । सर्प निस्क्निे ठाउँमा स्थानीयले सरसफाई गरी बाँसको बार लगाएका छन् । दिउँसो १२देखि साढे १२ बजेसम्ममा दुलोबाट निस्कने र दिउँसो चारबजेसम्ममा दैनिक रुपमै दुलोमा पस्ने गरेको स्थानीयको भनाइ छ ।
‘नजिक जाँदा, जिस्काउँदा पनि मानिसहरुलाई सर्पले केहि गर्दैन । त्यसैले दिनहु वरपरका गाउँबाट संयौको संख्यामा स्थानीयहरु नगदेउता भन्दै दर्शन तथा पूर्जाअर्चना गर्न आउँछन् ।’ स्थानीय मनोजले भने ।
Sponsored