TodayPati

प्रदेश २ मा ७२६ सहित देशभर ९ हजार भन्दाबढीले लगाए कोरोना विरुद्धको खोप

टुडेपाटी-
जनकपुरधाम, माघ १४ गते ।

भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप पहिलो दिन बुधबार प्रदेश २ लगायत देशै भर ९ हजार ८४ जनाले लगाएका छन् ।

कोभिड १९ खोप अभियान अन्तर्गतस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।

Sponsored

प्रदेश २ को आठ जिल्लामा ७ सय २६ जनाले खोप लगाएका छन् ।

यस्तै प्रदेश १ मा १२५५, वाग्मतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप लगाएको म्न्त्रालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *