TodayPati

खानेतेलमा कालोबजारी गर्ने बाराका २ उद्योग कारबाहीमा, तिराइयो ३-३ लाख जरिवाना

टुडेपाटी-
बारा, माघ ७ गते ।

खानेतेलमा कालोबजारी गरेको भन्दै बाराका दुईवटा तेल उद्योगलाई तीन–तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ । बाराको महालक्ष्मी एण्ड सोल्भेन्ट रिफाइनरी प्रालि र अन्नपूर्ण भेजिटेबल प्रालिलाई तीन–तीन लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा दुवै उद्योगलाई नगद जरिवाना गरेको जनाइएको छ ।

तेलको मूल्य बृद्धि भएको उपभोक्ताहरुबाट गुनासो आएपछि विभागले ती दुबै तेल उद्योगको अनुगमन गरी मूल्य बृद्धि भएको बारेमा सोधपुछ गरेको थियो । सो क्रममा उद्योगीले कच्चा पदार्थको पैठारीमा नै मूल्यबृद्धि भएको दावी गरेका थिए ।

Sponsored

विभागले पैठारीको कागजात र तेलको मूल्य बृद्धिलाई तुलना गर्दा बढी मूल्यमा तेल बिक्री गरेको पाइएकोले तत्कालै तीन लाख जरिवाना गरिएको विभागका निर्देशक शिवराज सेढाइले जानकारी दिए । दुबै उद्योगले गुणस्तर अनुसारको एमआरपी मूल्य बढी राखेको पाइएकोले ऐन अनुसार कारबाही गरिएको सेढाइले बताए ।

‘तेलको मूल्य बृद्धि भएको उपभोक्ताको गुनासो आधारमा अनुगमन गर्दा ती दुबै उद्योगले गुणस्तर अनुसार भन्दा एमआरपी बढी राखेको पाइयो,’ उनले भने ।

कालोबजारी गरिएकै कारणले उद्योगलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिएको सेढाइको भनाइ छ ।

Sponsored

पछिल्लो समय खाने तेलको मूल्य बृद्धि भएसँगै आम उपभोक्ताका साथै खुद्रा बिक्रेता समेत मारमा परेका छन् ।

पछिल्लो केही महिनायता खाने तेलमा २० देखि ५० रुपैयाँसम्म बृद्धि भएको छ । तेल उत्पादन गर्ने उद्योगीले भने खाने तेलको उत्पादन गर्ने कच्चा पदार्थमा मूल्य बृद्धि भएकोले बजारमा तेलको मूल्य बृद्धि भएको बताउँदै आएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *