TodayPati

प्रतिनिधिसभा विघटन संविधान माथि ठाडो प्रहार : अध्यक्ष यादव

शुभ नारायण यादव-
सप्तरी, माघ ७ गते ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने बताएका छन् ।

असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारि कदम खारेजको माग गर्दै जसपाले बुधबार सप्तरीकाे सदरमुकाम राजविराजमा आयोजना गरेको जनप्रदर्शन एवं बिरोध कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

Sponsored

प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता परिवर्तनका उपलब्धी बिरुद्ध रहेका भन्ने कुरा उनीद्वारा संविधान मिचेर जननिर्वाचित संसद भंग गर्नुले प्रमाणित भएको उनले जिकिर गरे ।

नेपालको इतिहासमा राजा महेन्द्र, राजा ज्ञानेन्द्र लगायतले पहिले पनि संविधान मिच्दै कु गरेको प्रशंङ्ग कोट्याउँदै नेता यादवले अहिले प्रधानमन्त्रीले त्यो भन्दा पनि खतरनाक काम गरेको आरोप लगाए ।

‘ प्रधानमन्त्रीले संविधान मिचेर लुडोको खेल जस्तै गरेका छन्’ नेता यादवले भने ‘ संविधानमा हुदै नभएको प्रावधान टेकेर अहिले चुनावमा जानु लुडो खेले जस्तै हो ‘

Sponsored

आफूहरुले संविधान विभेदकारी रहेको भन्दै आन्दोलन गरेको बेला गोली ठोकेर संविधान जारि गर्ने मतियार मध्येका एक ओली समेत रहेको आरोप लगाउँदै नेता यादवले प्रधानमन्त्रीले अहिले संविधान कुल्चिनुले संविधानमा त्रुटी भएको दावी गरे ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान उलघंन गरेर प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिन पुगेको अारोप लगाउँदै आन्दोलनबाटै सरकारलाई ठीक पार्नुको विकल्प नरहेको बताए । मधेशी, आदिवासी, सिमांकृत वर्गको असहमति रहदा रहदै ओली लगायतकै जोडबलमा संविधान लागु गरिएको भन्दै उनले अहिले ओलीद्वारा नै संविधानको हत्या समेत भएको तर्क गरे ।

सितलहरका बाबजुद बिरोध सभा अघि गाउँ गाउँबाट हजारौंको संख्यामा प्रदर्शनमा सहभागि हुन आएका नेता कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी कदम मुर्दावादका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।

बृहत बिरोधसभालाई जसपाका कार्यकारिणी सदस्य रेणु यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेशसभा सदस्य मनिष सुमन लगायतले सम्बोधन गर्दै जनताको रगतबाट स्थापित भएको अधिकार खोसे आन्दोलनको आँधीबेरी सृजना गर्ने चेतावनी दिएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *