TodayPati

प्रदेश २ : कारले ठक्कर दिँदा बाघ मर्‍यो, चालक मिश्र पक्राउ

टुडेपाटी

बारा, पुस १८ गते ।

पर्सामा कारको ठककरबाट एउटा पाटे बाघ मरेको छ ।

Sponsored

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा हेटौंडाबाट निजगढतर्फ जाँदै गरेका अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको थियो ।

ठककरबाट घटनास्थलमै बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले जानकारी दिए ।
जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको उनले बताए ।

कारले बाघको टाउकोमा ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको बताए ।

Sponsored

‘तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको चालकले बयान दिएका छन्,’ एक प्रहरी अधिकृतले भने, ‘यसको थप अनुसन्धान निकुञ्जले गर्ने छ ।’

प्रत्यक्षदर्शी सम्यक चौंलागाइका अनुसार सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिँदा बाघको मृत्यु भएको हो । निकुञ्जको उक्त सडकखण्डमा सवारी गति निर्धारण गरिए पनि त्यसको पालना भने भएको छैन । निकुञ्जले अहिले मिश्रसँग बयान लिइरहेको रेन्जर पुनले बताए ।

दुई वर्षअघिको तथ्यांकअनुसार नेपालमा बाघको संख्या २३५ छ । पर्सा निकुञ्जमा बाघको संख्या १८ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *