TodayPati

कोरोना भन्दा पनि खतरनाक महामारी आउन सक्ने डब्ल्यूएचओको चेतावनी

एजेन्सी

काठमडौँ, पुस १८ गते ।

कोरोना भाइरस भन्दा समेत खतरनाक भाइरस विश्वमा महामारीको रुपमा फैलिन सक्ने विश्व स्वास्थय संगठनले चेतावनी दिएको छ ।

Sponsored

डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए ।

रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् । ‘यो महामारी अति नै गम्भीर छ । यसले विश्वका प्रत्येक कुनामा असर गरेको छ । यद्यपी, यो यसभन्दा ठूलो हुन आवश्यक छैन,’ मिडिया ब्रिफिङमा उनले भने ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन् ।

Sponsored

स्पेनिस फ्लु पछिल्लो सबैभन्दा घातक महामारी थियो । यसले १९१८ र १९१९ को अवधिमा ५ करोडको ज्यान लिएको थियो । युवाहरुमा मृत्युदर बढी थियो र मृत्यु हुनेमध्ये २० देखि ४० वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी थियो । यसको मृत्युदर २ दशमलव ५५ प्रतिशत थियो ।

यस्तै महामारी आजको समयमा आएमा खाद्यान्न क्षेत्रका कामदारहरु डरले घरमै बस्ने र सम्भावित रुपमा खाद्यान्न आपूर्ति बन्द भएर मानव सभ्यता नै सटडाउन हुने भय छ ।

महामारीको मध्यमा गत वर्ष जर्ज फ्लोइडको मृत्युको विषयलाई लिएर अमेरिकामा चर्किएको प्रदर्शनले जसरी विश्वव्यापी अस्थिरता निम्त्याएको थियो, त्योभन्दा ठूलो अस्थिरता खाद्यान्न संकटले निम्त्याउनसक्ने अनुमान गरिएको छ । र, यस्तो बृहत्तर अस्थिरताले विश्वभरका सरकारहरुको स्थायित्वलाई खतरामा पार्ने अनुमान गरिएको छ ।

‘कोरोना भाइरस खतराको घण्टी हो । विज्ञान, खाद्यान्न, प्रशिक्षक र शासन व्यवस्थामा कसरी राम्रो गर्ने, कसरी एकआपसमा राम्रो सञ्चार गर्ने भनेर हामी सिक्दैछौं । तर पृथ्वीको हालत नाजुक छ,’डाक्टर राय भन्छन्,‘ हामी एक बढ्दो जटिल विश्वव्यापी समाजमा बाँचिरहेका छौं । यी खतराहरू जारी रहनेछ । हामीले यस महामारीबाट सिक्नुपर्ने पाठ भनेकै मिलेर काम गर्ने हो ।’

अमेरिका, बेलायतलगायत देशहरुमा खोप लगाउने कार्यक्रम सुरु भएपनि भाइरस हाम्रो जीवनको हिस्साका रुपमा रहिरहनसक्ने रायनले बताए । ‘सम्भावित परिदृश्यअनुसार अब यो भाइरस स्थानीयस्तरमा खतराका रुपमा रहिरहनेछ । तर खोप लगाउने कार्यक्रम सुरु भएको सन्दर्भमा यो न्युन खतराका रुपमा रहनेछ,’ उनले भने,‘ खोपहरु कति राम्रोसँग लगाइन्छ र कति बृहत्तर रुपमा लगाइन्छ भन्ने हेर्न बाँकी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *