TodayPati

बर्दिवास : आँखामा कालोपट्टी बाँधेर न्यायलयमाथि व्यङ्ग्य

टुडेपाटी-
बर्दिवास, पुस ४ गते ।

महोत्तरीको बर्दिवासमा महिला तथा बालबालिका हिंसाविरुद्ध आँखामा कालोपट्टी बाँधेर सांकेतिक विरोध प्रदर्शन गरेकी छन् । बर्दिवासको मुख्य चोकमा शनिबार दिउँसो २ बजे कालो लुगा र आँखामा कालोपट्टी बाँधेर एक हुल बालिकाहरु महिला हिंसाको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरेकी हुन् ।

गल्स फर गल्स बर्दिवास नेपालको अगुवाइमा ‘भविष्य बनाउन हिंडेको म, बलात्कृत भएर फर्किए’, ‘चुप लागेर बस्दैनौं, न्याय मर्न दिदैनौं’, ‘अहिले नगरे कहिले ? हामीले नगरे कसले ?, न्याय देउ सरकार’ जस्ता प्लेकार्ड सहित प्रदर्शन गरेकी हुन् । गीती शैलीमा बालिकाहरुले प्रदर्शनमा नृत्य समेत प्रस्तुत गरेकी थिइन् ।

Sponsored

कालो रंगको लुगा लगाएकी बालिकाहरुले सिटी बजाउँदै पितृ सत्ता, भ्रुण हत्या, बलात्कार जस्ता जघन्य अपराधका अपराधीलाई कठोर सजायको माग गर्दै प्रदर्शन गरेको गल्स फर गल्स बर्दिवास नेपालकी अध्यक्ष सुप्रीना श्रेष्ठले बताइन् ।

गत मंसिर ७ गते महोत्तरीको बर्दिवास नगरपालिका-१४ शुभम् बस्तीमा ६ वर्षीया बालिका गुलाब्सा खातुनको बलात्कार गरी हत्या गरिएको थियो । बलात्कार गरी हत्या गरेका स्थानीय अरुणकुमार साहमाथि चारवटा मुद्दा दर्ता भएका छन् ।
अभियुक्त साहमाथि अपहरण, शरीर बन्धक, जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दा  दर्ता भएका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *