TodayPati

प्रदेश २ : मेयरले भ्रष्टाचार गरेको भन्दै स्थानीय धर्नामा

टुडेपाटी-
रौतहट, पुस ४ गते ।

रौतहटको राजदेवी नगरपालिकाका नगर प्रमुखले भ्रष्टाचार गरेको भन्दै स्थानीयले धर्ना दिएका छन् ।

नगरप्रमुख धीरेन्द्रकुमार सिंहले भ्रष्टाचार र अनियमितता गरेको आरोप छ । सयौंको संख्यामा नगरपालिकामा पुगेका स्थानीय तथा नेताहरुले शुक्रबार कार्यालय अगाडि धर्ना दिएका थिए ।

उनीहरुले चालु आर्थिक वर्षमा नगरपालिकामा भएका काम र खर्चको विवरण मागेका थिए । संघीय सरकारको नीतिबमोजिम निर्माण हुन लागेको १५ शय्या अस्पतालका लागि छनोट भएको मुडवलवा स्वास्थ्य चौकी बन्न नदिन नगरप्रमुख धीरेन्द्रकुमार सिंह र कार्यपालिका सदस्य अनिल कुमार सिंहले षड्यन्त्र गरेको आरोप छ ।

Sponsored

नेपाल कम्युनिष्ट पार्टीका युवा नेता निवेश कुमारले नगरपालिकाले सबै हिसाबकिताब नदिएसम्म आन्दोलन नरोकिने बताए । उपमेयर लगायतका केही जनप्रतिनिधिहरुलाई बाईपास गरी अन्यसँग आर्थिक चलखेल गरेर विभिन्न निर्णय गरी नगरपालिकालाई भ्रष्टाचारको अड्डा बनाएको उनले बताए ।

मुडवलवामा बन्ने १५ बेडको अस्पताल छनोट गराउन पहल गरेका नेता कुमारले अस्पताल बनाउने जग्गा छनोटको नाममा विवाद सृजना गरी नगरप्रमुखले नागरिक लडाउने र रकम फ्रीज गराउने दुस्प्रयास गरेको आरोप लगाएका छन् । नगरप्रमुखले बहुमतको बलमा अस्पतालबारे विवादित निर्णय गरेपछि स्थानीयले नाराबाजी गरेपछि तनाव सृजना भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *