TodayPati

जानकी मन्दिरमा राम र सीताको वैवाहिक कार्यक्रम चल्दै

टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।

जनकपुरमा राम र जानकीको विवाहको काज चल्दै छ । जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डप (मरबा) मा साँझदेखि मिथिलाको वैदिक परम्परा अनुसार राम र सीता विवाहको काज भइरहेको छ ।

राम र सीताको विवाह हेर्न अहिले जानकी मन्दिर प्रांगण हजारौ श्रद्धालुभक्तजनले खचाखच भरिएको छ । विवाहमा रातभर सुमधुर गीतसंगीत, झाँकीकिर्तन र मिथिलाको गाली गीतसहित सांस्कृतिक कार्यक्रम हुने गर्छ ।

Sponsored

यहाँ मैथिलानीहरुले जन्तीका रुपमा रहेका साधुशन्तलाई थरी थरीका गाली गीतले जिस्काउने तथा स्वागत प्रचलन छ । विवाह हेर्न आएका श्रद्धालुहरु सांस्कृतिक तथा विवाहको काज देखेर रमाउने गर्दछन् ।

आज रातभरि विवाहको काज चल्ने छ भने भोलि विहान राम कलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले बताए ।

त्रेता युगमा भगवान राम र आदर्शनारी सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *