TodayPati

प्रदेश २ : चोरीको भारतीय मोटरसाइकलसहित सहनी पक्राउ

टुडेपाटी-
जनकपुरधाम, पुस ३ गते ।

रौतहटमा चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका वडा नं.३ मलाही टोल बस्ने अन्दाजी २६ वर्षीय विवेककुमार सहनी छन् ।

गरुडा नगरपालिका वडा नं.५ झाझपुलस्थित गौर च-पुर सडक खण्डमा बिहीबार सवारी साधन चेकजाँचको लागि खटिएको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सहनीलाई पक्राउ गरेको हो ।

Sponsored

प्रहरीका अनुसार आएको BR 30 T 4153 नम्बर प्लेट र च्यासिस नम्बर मेटिएको ईन्जिन नं. BE 4 BH 2001527 नम्बरको मोटरसाइकललाई पक्राउ गरेको हो ।

त्यस्तै चेकजाँच गर्ने क्रममा दर्ता कार्ड माग गर्दा उनले देखाएको भारतीय सर्टिपिकेट रजिटेष्ण कार्डमा BR 30 T 9153 नम्बर रही मोटरसाइकल र कार्डको नम्बर फरक फरक देखिएकोले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त मोटर साइकल चोरी गरी ल्याएकोले खुलेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पक्राउ परेका सहनीलाई आवश्यक कार्वाहीको लागि रौतहट जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको रौतहट प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *