TodayPati

जनकपुरमा राम र जानकीको मटकोर सम्पन्न, भोलि सोयम्बर

टुडेपाटी-
जनकपुरधाम, पुस ३ गते ।

सप्ताव्यापी रामजानकी विवाहपञ्चमीको पाचौं दिन जनकपुरमा मटकोर सम्पन्न भएको छ । शुक्रबार साँझ जनकपुरको गंगासागरमा विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पाँचौं दिन रामजानकीको मटकोर मनाइएको हो ।

विवाहको पूर्व सन्ध्या वैदिक परम्परा अनुसार माटोको पूजा गरी मटकोर विधि गरिएको हो । जानकी मन्दिरबाट झाँकीसहित आएका साधुसन्त र श्रद्धालुले गंगा सागरको किनारमा मटकोर विधि गरिएको हो । मटकोरको प्रसादमा भिजाएको चना, चामल र खाने तेल वितरण गरिएको थियो । शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ ।

Sponsored

मैथिली परम्परा अनुसार हुने विवाहको सबै विधि राम सिता विवाह अर्थात विवाह पञ्चमीमा हुने गरेको छ । विवाह महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञको कार्यक्रम र चौथो दिन तिलकोत्सव कार्याक्रम मनाइएको छ ।

शुक्रबार पाँचौं दिन मटकोर, छठौं दिन शनिबार स्वयम्बर तथा शुभविवाह र सातौं दिन आइतबार राम कलेवाको आयोजना गरी विवाहपञ्चमी विधिवत समापन हुनेछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *