TodayPati

लगातार तेस्रो विवाहपञ्चमीमा सरकारले ठग्यो, रेल चलेन, मालबाहक गाडी हेर्न घुँइचो

टुडेपाटी

जनकपुरधाम, पुस ४ गते ।

लगातार तीन वर्षदेखि विवाहपञ्चमीको पुर्व सन्ध्यामा नेपालको एकमात्र जनकपुर जयनगर रेलसेवा संचालन गर्ने तयारी गरेको भन्दै आएको सरकारले फेरि रेल चलाउन नसकेपछि स्थानीयहरु निराश भएका छन् ।

Sponsored

विवाहपञ्चमीको अवसरमा नेपाली तथा भारतीय श्रद्धालु भक्तजनलाई लिएर जनकपुर ल्याउने भनिएपनिलिक र रेल तयारी अवस्थामा रहेको रेल सेवा जनशक्तिको कारण चल्न सकेको छैन।

असोज २ गते भारतबाट दुईवटा नयाँ रेल खरिद भएर आइसकेको छ। तर दुवै रेल धनुषाको इनरुवा स्टेशनमा पार्क गरि राखिएको छ। नेपाल रेल कम्पनीले जनशक्ति व्यवस्थापन गरी दुई महिना भित्र रेल सञ्चालन गर्ने आश्वासन दिएको थियो। पछि आएर विवाहपञ्चमी महोत्वसमै रेल सञ्चालन गर्ने भनेको थियो।

कम्पनीले भने अनुसार विवाह पञ्चमीको पूर्व सन्ध्यामा नेपालको रेल त चल्न सकेन तर विवाहपञ्चमीकै अघि भने भारतबाट ५३ डब्बाको मालबाहक रेल आएको छ। दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म निर्माण भइरहेको १७ किलोमिटर लिकमा कालो पत्थर झार्न बिहीबार साँझ मालबाहक रेल जनकपुर आएको हो। रेल आएपछि हेर्नेहरुको जनकपुरमा घुइँचो लागेको थियो।

Sponsored

भारतको पाखोरबाट लिकमा कालो ढुंगा झार्न ५३ डब्बाको भारतीय रेल जनकपुर आएको रेल विभागका साईट इन्जिनियर विनोद ओझाले बताए। रेल शुक्रबार साँझ फर्केको छ। धेरै मालबाहक डब्बा भएको रेल हेर्न फर्किने बेला पनि सर्वसाधारणको घुइँचो लागेको थियो।

रेल चलाउन करारमा १ सय २९ जना कर्मचारी भर्ना गर्ने सूचना आह्वान गरेपनि अहिलेसम्म छनोटै भएको छैन। कर्मचारी छनोट नहुँदा अझै रेल कहिले चल्ने भन्ने अन्योल कायमै छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *