TodayPati

धनुषामा बसको ठक्करबाट ढल्केवरका बस्नेतको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, मंसिर २३ गते ।

धनुषामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरका ३७ वर्षीय विवेक बस्नेत रहेको प्रहरीले जनाएको छ ।

सोमबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.५ख. ६१२३ नम्बरको बसले ढल्केवरबाट गोदारतर्फ गइरहेको ज.११ प. ९५८८ नम्बरको मोटरसाइकलमा बिरेन्द्रबजारमा ठक्कर दिएको थियो । मोटरसाईकल चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

Sponsored

ठक्करदिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ । मृतक बस्नेतको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *