TodayPati

आन्दोलित किसानद्वारा आज भारत बन्द

एजेन्सी-
जनकपुरधाम, मंसिर २३ गते ।

भारतीय किसानले सरकार विरुद्ध आज (मंगलबार) भारत बन्दको घोषणा गरेका छन् । मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरुले एकदिनको लागि देशव्यापी बन्द आह्वान गरेको हो ।
आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन् । किसानको आन्दोलनमा १८ वटा विपक्षी पार्टीले सहयोग गरेका छन् ।
पन्जाब र हरियाणका किसान १२ दिनदेखि आन्दोलनमा छन् । किसानले दिल्लीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन् ।

किसान नेता बलवीर सिंह राजोवालले भनेका छन्, ‘बन्द बिहानदेखि साँझसम्म हुनेछ । चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ ।’
उनका अनुसार आज दूध(सब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ । तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह रोकिने छैन ।

Sponsored

सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ । तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन।

सरकारले न्यूनतम समर्थन मूल्यप्रति किसानको आशंका गलत रहेको दाबी गरेको छ । सरकारले कानुनमा केही परिवर्तन गर्न तयार रहेको संकेत दिएको छ तर किसानले तीनवटै कृषि कानुन रद्द नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । सरकारसँग उनीहरूको अर्काे वार्ता भोलि बुधबार हुनेछ । बीबीसी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *