TodayPati

कोरोना संक्रमणबाट सिरहाका थप एक पुरुषको मृत्यु

टुडेपाटी-
सिरहा, मंसिर २० गते ।

सिरहामा कोरोना भाइरसको संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

शुक्रबार राति मिर्चैया नगरपालिका–१ बस्ने ७५ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Sponsored

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकामा उनीको सोही अस्पतालमा पीसीआर परीक्षण गर्दा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएपछि उपचार हुँदाहुँदै गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *