TodayPati

अनुदान सहयोगमा निः शुल्क बिउ पाएपछि सामुहिक आलु खेती गर्दै सप्तरीका किसान

शुभ नरायण यादव

सप्तरी, मंसिर २० गते ।

अनुदान सहयोगमा बिउ पाएपछि सप्तरीको हनुमानगर कङकालिनि नगरपालिका ३ गिदखोराका किसान सामुहिक खेतीतर्फ अग्रसर भएका छन् ।

Sponsored

एक गाउँ एक बाली अवधारणा र जलवायु उत्थानशिल खेति प्रविधि अनुसार सामुहिक आलु रोपन कार्यक्रमको आयोजना गरेपछि त्यहाँका किसानले सामुहिक आलुखेतीतर्फ आग्रसर भएका हुन् ।

सिटिबिआर प्रोजेक्ट लुथरन वल्र्ड रिलिफ र कोशि पिडित समाज सप्तरीको सहयोगमा महुलि सामुदायिक कृषक समुहका १५ जना किसानहरुलाइ प्रति किसान १ क्विन्टलका दरले निःशुल्क आलुको विउ वितरण गरिएको हो ।

संस्थाबाट सहयोग पाएपछि कृषक खुशी भएर आलुखेतीतर्फअग्रसर भएको समुहका अध्यक्ष हरि नारायण यादवको भनाइ रहेको छ ।

Sponsored

स्थानीय मुसहरु यादवले कृषक समुहको सदस्य रहेको तथा आफुले पनि झण्डै यसपालि २ कठ्ठामा आलुको व्यवसायि खेति गर्नृ लागेको तथा यसबाट फाइदा भएको खण्डमा अन्य वर्ष अझै बढि खेति गर्ने बताए ।
संस्थाको सहयोगले किसानको जिवनस्तर उकास्न सहयोग पुग्ने समुहका सचिव सत्यनारायण यादवको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *