TodayPati

जनकपुरको धनुष सागरमा पाँच वटा डुङ्गा चल्ने

टुडेपाटी

जनकपुरधाम, मंसिर १५ गते ।

जनकपुरस्थित धनुष सागरमा नौका विहारका लागि डुङ्गा सञ्चालन गरिएको छ ।

Sponsored

पोखरी नै पोखरीको शहर भनेर चिनिएको जनकपुरधामको ऐतिहासिक धनुष सागरमा पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले स्थानीय गणेश युवा कमिटीले सोमवार डुङ्गा सञ्चालनमा ल्याएको हो ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई नौका विहारको मनोरञ्जन प्रदान गर्न धनुष सागर पोखरीमा सञ्चालित नौका बिहारको प्रदेशसभा सदस्य परमेश्वर साहले उदघाटन गरेका छन् ।

कमिटीले एउटा डुङ्गाको १ लाख ३५ हजारको लागतमा ५ वटा डुङ्गा ल्याएर सञ्चालन गरेको हो । हाललाई ५ वटा डुङ्गा ल्याएर गणेश युवा कमिटीले नौका विहार सञ्चालन गरेको छ ।

Sponsored

केहिदिन भित्रै कार्यबिधी बनाएर निश्चित शुल्क लिएर निरन्तर रुपमा नौका बिहार सञ्चालन गरिने कमिटीका अध्यक्ष संतोष कुमार महतोले जानकारी दिए ।

प्रमुख अतिथी साहले गणेश युवा कमिटीले धनुष सागर पोखरीमा नौका बिहार सञ्चालनमा ल्याउनुले सागरको महत्व र सौन्दर्य झनै बढने बताए । यसलाई व्यवस्थित बनाउन कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *