TodayPati

छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा सर्लाहीबाट बुबा पक्राउ

टुडेपाटी-
सर्लाही, मंसिर १४ गते ।

छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाहीबाट एक भारतीय नागरिकलाई पक्राउ परेका छन् । हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती व्यक्तिले छोरीलाई पटक–पटक बलात्कार गरेको उजुरी परेपछि आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति, उनका श्रीमती, दुई छोरा र एक छोरीसँगै एक इँटा उद्योगमा काम गर्दै आएका छन् । परिवारजनका अनुसार करिब एक महिनाअघि उनले छोरीलाई राति घरबाहिर लगी बलात्कार गरेका थिए । त्यसपछि गत मंसिर १२ गते राति पुन बलात्कार गरेपछि श्रीमतीले नै ती पुरुषविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।

Sponsored

पीडित बालिका र उनका बुवाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएको र ती पुरुषलाई जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *