TodayPati

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

टुडेपाटी-
रुकुमपश्चिम, मंसिर १३ गते ।

रुकुमपश्चिममा जन्ती बोकेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
शुुक्रबार राति ८ बजे आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आठबीसकोट घारीखोलाबाट जन्ती लिएर आठबीसकोट– ८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुनेमा आठबीसकोट–८ का अन्दाजी ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

Sponsored

६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते भएका छन् ।

यात्रु ओराल्ने क्रममा जीप पछाडी सरेर दुर्घटना भएको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *