TodayPati

प्रदेश २ : फलाम गलाउने भट्टीमा बिस्फोट हुँदा चार जना मजदुर घाइते, यादवको अवस्था गम्भीर

टुडेपाटी

बारा, मंसिर १४ गते ।

बारामा जगदम्बा स्टिलको फलाम गलाउने भट्टीमा बिस्फोट हुँदा चारजना मजदुर घाइते भएका छन् ।

Sponsored

शनिबार बिहान पौने एक बजे जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको सो कारखानाको भट्टी अचानक पड्किँदा चारजना मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।

बाराका प्रहरी प्रवक्ता एवं डिएसपी गौतम मिश्रका अनुसार भट्टीमा काम गर्ने भारत मोतिहारीका २६ वर्षीय नईमुदिन आलम, भारतको शिवन ग्राम जिल्ला ४८ वर्षका जनक देव यादव, सर्लाहीको सकरौल गाउँपालिका ६ बस्ने ४० वर्षका बिकिन्द्र यादव र बरहथवा नगरपालिका ५ बस्ने २८ वर्षका मुकेश साह घाइते भएका हुन् ।

घाइते भएका मध्ये बिकिन्द्रको अवस्था गम्भीर रहेको तथा उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको डीएसपी गौतमले बताए ।

Sponsored

अन्य घाइते हरुको अवस्था सामान्य रहेको तथा उनीहरुको वीरगञ्जकै विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । कबाडी फलाम गलाउने भट्टीमा झुक्किएर मुख बन्द भएको फलामको पाइप हाल्दा ग्यास भरिएर बमको रुपमा पड्किदा उनीहरु घाइते भएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *