TodayPati

धनुषामा होलीमा मदिरा बिक्रीवितरण निषेध

टुडेपाटी

जनकपुरधाम, फागुन २० गते ।

होली पर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभरि ४ दिन मदिरा बिक्री वितरण निषेध गर्ने निर्णय गरेको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Sponsored

मिथिला मध्यमा परिक्रमाको डोला फागुन २५ गते जनकपुरधामको गंगासागरमा विश्राम गरि २६ गते प्रस्थान गर्ने हुँदा फागुन २५ गते दिनको १२ बजेदेखि २६ गते दिनको १२ बजेसम्मका लागि परिक्रमा मार्ग भित्र मदिरा तथा माछामासु विक्री वितरण एवं सेवन नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

त्यस्तै होली पर्वका बेला फागुन २७ र २८ गते सूर्योदयदेखि सूर्यास्त नहुँदासम्म सार्वजनिक स्थलमा मदिरा सेवन नगर्न प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आग्रह गरेका छन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क अनुरुप यस्तो निर्णय गरिएको प्रजिअ कणेलले बताएका छन् । होली पर्वमा मदिराको प्रयोगले अपराधिक क्रियाकलाप हुन सक्ने खतरालाई मध्यनजर गर्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *