जानकी मेडिकल कलेजप्रति भ्रम फैलाउने काम भयो : कलेज प्रशासन
टुडेपाटी-
जनकपुरधाम, मंसिर ११ गते ।
जानकी मेडिकल कलेज प्रति विगतदेखि हालसम्म केही व्यक्तिहरुले जनमानसमा विभिन्न किसिमको भ्रम फैलाउने काम भएको कलेजले दावी गरेको छ । राष्ट्रिय स्तरको टे«ड युनियनहरुको प्रेस विज्ञप्ती प्रति कलेजको गम्भीर ध्यानाकर्षण बताउँदै कलेज प्रशासनले यसप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कर्मचारीको लामो अनशन र ट्रेड युनियनको विज्ञप्तीपछि कलेजका प्रशासन प्रमुख दयानन्द झाले बिहीवार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । कोरोना महामारीका कारण सरकारले गत वर्षको चैत महिनादेखि जारी गरेको लकडाउन तथा निषेधाज्ञाकाबीच समेत जानकी मेडिकल कलेजले अहोरात्र काम गरेको झाको दावी छ ।
गत भदौ महिनासम्मको तलब भत्ता उपलब्ध गराएपनि विभिन्न मागहरु राखी कलेजविरुद्ध केही कर्मचारीहरु आन्दोलित भएको उनको भनाई छ । अनसनरत कर्मचारीहरुलाई वार्ता सम्वाद गरी अनसन फिर्ता लिन आग्रह समेत उनले गरेका छन् । तर ६ वर्षदेखिको बाँकी कर्मचारीको संंचय कोष, दशैँ भत्ता र कलेज सुधारको माग राख्दै दुई कलेजका कर्मचारीद्धय कुलदिप साह र जानकी शरण यादव २५ दिनदेखि आमरण अनशनमा बसेका छन् ।
अनशन बसेकाहरुको अवस्था दिनानुदिन नाजुक बन्दै गएपनि कलेजले भने आफुहरुको जायज मागप्रति कुनै चासो नदेखाएको आरोप लगाउँदै आएको छ । वार्ताकालागि कलेजले हालसम्म प्रयास नै नगरेको कर्मचारी हकहित संरक्षण समितीका संयोजक उमेश यादवले बताए ।
Sponsored