TodayPati

रौतहटको गौर सीमानाका खुल्यो

टुडेपाटी-
जनकपुरधाम, मंसिर ११ गते ।

रौतहटको गौर बैरगनिया सीमा नाका खोलिएको छ । नेपालीहरुलाई पैदल अबाजत–जाबत दिन रौतहटको एक मात्र गौर बैरगनिया नाका बिहीबारबाट खोलिएको हो ।

नेपालीलाई पैदल, अतिआवश्यक विवाहको एउटा गाडी, गम्भीर बिरामी बोकेको एम्बुलेन्स तथा सवारीसाधन, शव बाहनलाई अभिलेख राखेर आउन–जान दिने गरी गौर नाका खोलिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनले यसको लागि गृहमन्त्रालयसंग समन्वय गरेर व्यवस्थापन गरेको बताए ।

Sponsored

कोरोनाको कारण आठमहिनादेखि बन्द सीमानाका पैदल आवत जावत तथा अति आवश्यक सवारीसाधनका लागि खोलेपछि स्थानीय सर्वसधाराण खुसी भएका छन् । लामोसमयदेखि नेपाल भारत सीमा नाका बन्द भएको कारण सीमा क्षेत्रमा जनता समास्यामा छन् । अहिले केहि संघसंगठनहरुले सीमानाका खोल्नु पर्ने भन्दै आन्दोलन समेत गरिरहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *