जनकपुरमा २२ वर्षीया रेखाको शव भेट्यो, हत्याको आशंका
टुडेपाटी
जनकपुरधाम, मंसि ११ गते ।
जनकपुरमा डेरा लिएर बस्दै आएकी एक महिलाको शव फेला परेको छ ।
वडा नम्बर वडा ७ स्थित बेलाकुट्टीमा रहेको स्थानीय सुरेश साहको घरमा डेरा लिई बस्ने २२ वर्षीया रेखा चौरसियाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रेखासँगै बस्ने राजेश चौरसियाकी पत्नी रहेको बताउँदै आएकी थिइन
। प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रका अनुसार बारा कलैया घर भई हाल जनकपुरमा डेरा लिई बस्दै आएकी रेखाको हत्याको आशंका गरिएको छ ।
शवको प्रकृतिले महिलाको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी नायब उपरिक्षक मिश्रले भने– ‘शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ । हामी अनुसन्धान गर्दैछौँ ।’
Sponsored
घटना पछि मृतकका श्रीमान राजेश भने फरार रहेको र उनको खोजी जारी रहेको प्रवक्ता मिश्रले बताए । घटनाका बारेमा थप अनुसन्धान भैरहेको उनले बताए ।