छिन्नमस्ता गाउँपालिका अधिकृतविहीन, गाउँसभा अझै अन्यौल
शुभ नारायण यादव-
सप्तरी, मंसिर गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विगत डेढ सात्तादेखि नहुँदा कार्यालयमा आउने सेवाग्राहीहरु दैनिक कामकाज गराउनबाट बन्चित भएका छन् ।
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा विगत डेढ सात्तादेखि कार्यालयमा नआउँदा अहिले सो गाउँपालिकाका अवस्था लथालिङ्ग बनेका छन भने कार्यालयमा दिनहुँ सयौं सेवाग्राहीहरु अधिकृत नहुँदा दैनिक अत्ति आवश्यक कामकाज गराउनबाट बन्चित समेत भएका हुन् ।
अधिकृत बिना जानकारीको रवाना लिएर गएपछि अहिले गाउँपालिकाको अवस्था दयनीय हुनुका साथै गाउँसभा समेत अन्यौल भएका छन् । बिना गाउँ अथवा नगर सभाको कुनै पनि स्थानीय तहले कुनै आर्थिक कामकाज गर्न नसकिने व्यवस्था स्थानीय सरकार संचालन ऐनै उल्लेख भएकाले राजनीतिक खिचातानी तथा कोभिड १९ अर्थात कोरोना महामारीमा भएको खर्चको विवरणको हरहिसाव जनप्रतिनिधिहरुबीच नै नमिलेका कारणले अहिलेसम्म छिन्नमस्ता गाउँपालिकामा गाउँसभा हुन नसकेको श्रोतले बताए ।
श्रोतका अनुसार कोभिड १९ अर्थात कोरोना महामारीको नाउँमा छिन्नमस्ता गाउँपालिकामा झण्डै २० करोड भन्दा बढी बजेट खर्च भएको तथा सोही बजेटको विषयमा वडाध्यक्षसहित जनप्रतिनिधिहरुबीच हिसाव मिलान नभएकै कारणले अहिलेसम्म गाउँसभा अन्यौन अवस्थामा पुगेको छ ।
अधिकृत नभएका कारण तथा निमित्त अधिकृत कुनै कर्मचारीलाई लिखित रुपमा नदिदा लघुवित कार्यक्रमको झण्डै २० लाख रकम फ्रिज हुने अवस्था रहेको गाउँपालिकाकै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक सिफारिस, संघ संस्था दर्ता, नविकरण लगायतका अत्ति आवश्यक कामकाज प्रभावित बनेका कारणले दिनहुँ सयौं सेवाग्राहीहरु गाउँपालिका आएर पनि रित्तै हात घर फर्किेने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नहुँदा हाल गाउँपालिकामा अधिकांश कर्मचारीहरु कार्यालयमा उपस्थित हुँदैनन् ।
Sponsored
यता गाउँपालिकाका अध्यक्ष सूर्य नारायण मण्डल कुरुडले राजनीतिक खिचातानी तथा विभिन्न कारणवस हालसम्म गाउँसभा हुन नसकेको बताएका छन् । अधिकृत समेत हालसम्म कार्यालयमा नहुँदा गाउँसभा हुन नसकेको बताउँदै छिटै नै गाउँ सभा गर्ने प्रतिवद्धता उनले ब्यक्त गरेका छन् ।