प्रदेश १ : छठको आनन्द जुवाबाट, रंगेहात १६ जुवाडे पक्राउ
टुडेपाटी-
मोरङ, मंसिर ६ गते ।
छठको मध्य राति मोरङको रतुवामाई नगरपालिका-८ बाट जुवातास खेल्ने १६ जना पक्राउ परेका छन् ।
शुक्रवार राति ११ बजे स्थानीय सागर गड्तौलाको घरमा तास खेलिरहको समूहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रतुवामाई-७ का ४७ वर्षीय डिल्लिराम चौलागाईं, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देवीप्रसाद प्रसाईं, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाईं, ४० वर्षीय नारायण चुँडाल, रतुवामाई-८ का ४४ वर्षीय सन्त बहादुर राई, ३५ वर्षीय सागर गड्तौला, ४५ वर्षीय दीपक ढुंगाना, ४५ वर्षीय देवराज घिमिरे, ३८ वर्षीय असोक रबिन पोख्रेल, ३९ वर्षीय राजन सतार, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रबिन पोख्रेल र बेलवारी नगरपालिका-७ का २२ वर्षीय गणेस श्रेष्ठ रहेका छन् ।
उनीहरुको साथबाट नगद १ लाख ६९ हजार ६ सय ९६ रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
Sponsored
पक्राउ पर्ने व्यक्तिले प्रयोग गरेका १९ मोटरसाइकल र दुई कारसमेत बरामद गरिएको छ। प्रहरी पुुग्दा खेलमा सामेल अन्य केही व्यक्ति भने भागेका प्रहरीको जनाएको छ ।
पक्राउ पर्नेलाई प्रचलित कानुन बमोजिम कारबाहीका लागि अनुसन्धान अघि बढाइएको एसपी खड्काले जानकारी दिए ।