TodayPati

विश्वभर कोरोना संक्रमण अघिल्लो ६ महिनाभन्दा यो महिना अधिक, अमेरिकामा दैनिक १३०० जनाको मृत्यु

टुडेपाटी-

जनकपुरधाम, मंसिर ६ गते ।

विश्वभर कोभिड-१९ को संक्रमणदर यो महिना अत्याधिक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना महामारी शुरु भएको ६ महिनामा भन्दा पछिल्लो ४ हप्तामा कोभिड-१९ संक्रमण दर बढी देखिएको संगठनले जनाएको हो ।

Sponsored

संगठनका निर्देशक टेड्रोस अधनमले यस महामारीका कार युरोप र अमेरिकाका अस्पतालहरु भरिएको शुक्रवारको नियमित ब्रिफिङमा बताए ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार विश्वभर ५ करोड ७४ लाख बढी मानिसहरुलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। यसैगरी कोभिड-१९ संक्रमणका कारण १३ लाख ५० हजार बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

संक्रमणदर युरोपमा पनि बढ्दो छ। अहिलेसम्म युरोपमा एक करोड ५० लाख मानिसहरुलाई संक्रमण पुष्टि भएको छ । भारतमा ९० लाख बढी मानिसहरुमा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो समय मेक्सिकोमा मृत्युदर पनि बढ्दो छ । मेक्सिकोमा कोरोना संक्रमणका कारण एक लाख मानिसको ज्यान गएको जोन हप्किन्सको तथ्याङ्कमा उल्लेख छ ।

Sponsored

मृत्यु धेरै हुनेमा मेक्सिको चौथो देश भनेको छ। कोभिड-१९ संक्रमणका कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । यहाँ दुई लाख ५४ हजार बढी मानिसको ज्यान गइसकेको छ । त्यसपछि ब्राजिलमा एक लाख ६८ हजार बढी र भारतमा एक लाख ३२ हजार बढी मानिसको मृत्यु भइसकेको जोन हप्किन्सले जनाएको छ ।

कोरोना संक्रमण हुने देशहरुको सूचीमा अमेरिका सूचीको सबैभन्दा माथि रहेको छ । अमेरिकामा एक करोड १९ लाख बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

जोन हप्किन्सका अनुसार कोभिड-१९ संक्रमणका कारण अमेरिकामा दैनिक १३ सय मानिसहरुको मृत्यु भइरहेको छ । अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी प्रभावित बनेको छ । यसै कारणले यहाँका विद्यालयहरु बन्द भइसकेका छन् ।

कोरोना महामारीमा विश्वले अहिले पर्खिरहेको चिज हो यसको खोप । यसका लागि अमेरकी औषधि कम्पनी फाइजर र यसको जर्मन पार्टनर बायोनटेकले खोप तयार पारिसकेको दाबी गरेको छ। अनुमति प्राप्त हुनसाथ खोप वितरण गर्न आफू तयार रहेको कम्पनीले जनाइसकेको छ ।  अमेरिकाका हेल्थ सेक्रेटरी एलेक्स अजरले युनाइटेड स्टेट्स फुड एण्ड ड्रग एड्मिनिसट्रेसन (एफडिए)ले उक्त खोप लगाउनका लागि सुरक्षित भए नभएको निर्णय गर्ने शुक्रवार जनाएको छ । यो खोप ९५ प्रतिशत प्रभावकारी हुने बताइएको छ । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *