गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
टुडेपाटी-
पोखरा, मंसिर ६ गते ।
गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान ५२ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका १९, कास्कीका १२, नवलपरासी पूर्वका ११, लमजुङका पाँच, बागलुङका चार र स्याङ्जाका एक जना रहेका छन् ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १० हजार ८ सय ७९ पुगेको छ ।
Sponsored