TodayPati

सप्तरीम बालुवामा गाडिएको अवस्थामा जिवित शिशु फेला

शुभनारायण यादव-
सप्तरी, कार्तिक २८ गते ।

सप्तरीको बोदे बरसाईन नगरपालिका ५ जाँजरस्थित खडक नदीको वालुवामा गाडिएको अवस्थामा शुक्रबार एक नवजात शिशु जिवित अवस्थामा फेला परेको छ ।

टाउकोतिरबाट आधा शरीर बालुवामा गाडिएको अवस्थामा फेला परेको शिशुलाई जनप्रतिनिधि र स्थानीय प्रहरीले उद्धार गरी राजविराज स्थित गजेन्द्रनारायण सिंह अन्चल अस्पताल पठाएको छ ।

Sponsored

स्थानीयले शिशुबारे जानकारी गराएसँगै नदीमा पुगेको प्रहरी टोलीले उद्धार गरी उपचारकोलागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शिशु कसले नदीमा फालेको विषयमा अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

यता फेला परेको शिशु (वालक)को स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १२ घण्टाभित्रै शिशुको जन्म भएको हो ।

यसअघि सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ सखडा गोविन्दपुरमा समेत एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको थियो ।

Sponsored

सो शिशुको पनि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा सकुशल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता भुवनेश्वर साहले जानकारि दिनुभयो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *