TodayPati

सप्तरी प्रहरीद्वारा ठूलो परिमाणमा पटका लगायत बिष्फोटक पदार्थ नष्ट

शुभ नारायण यादव-
सप्तरी, कार्तिक २८ गते ।

दिपावलि र छठ पर्वका लागि भारतबाट नेपालतर्फ भित्र्याउन लागेको झण्डै चार लाख मूल्य बराबरको पटका लगायत अवैध बिष्फोटक पदार्थ सप्तरी प्रहरीले बरामद गरि नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी सो बिष्फोटक पदार्थ नष्ट गरेको हो ।

भारतबाट अवैध रुपमा लुकाइछिपाइ सप्तरीको विभिन्न सीमावर्ती नाकाबाट ल्याएको कोबरा बम १०० प्याकेट ,हाइड्रोटोल्ड पटाका ५ प्याकेट ,रकेट १३ प्याकेट र १०० पिस ,स्पिट फोल्ड फाइन्ड १० वटा ,बम १६ प्याकेट र ५३५ पिस ,बिजुलि प्रसर ३ प्याकेट ,सुपर हनुमान ६ प्याकेट ,टिकिया खेलोनामा लाग्ने गोलि ५ प्याकेट लगायतका समानहरु बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारि दिनुभयो ।

Sponsored

डिएसपि साहका अनुसार यस्तै नागिन ४७ बण्डल र ८१० प्याकेट ,चक्र बम ३५ प्याकेट २१० पिस ,मिनि बुलेट बम ३८ प्याकेट ,फुलझरि २० प्याकेट ५० पिस ,चिरचिरि ६ बण्डल ५६१ प्याकेट ,सतरगि १ बण्डल लगायतका बिष्फोटक पदार्थहरु बरामद गरिएको तथा पत्रकार सम्मेलन मार्फत नष्ट गरिएको छ ।

प्रहरीले सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाको विभिन्न सिमावर्ति नाकाबाट सो बिष्फोटक पदार्थ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख राजेन्द्रप्रसाद धमलाले आयोजित पत्रकार सम्मेलानमा जानकारि दिनुभयो ।उहाले चाडपर्वमा घरमे बसेर शान्तिपूर्ण तरिकाबाट चाडपर्व मनाउन सम्पुर्ण जिल्लाबासिहरुमा अनुरोध समेत गर्नुभएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *