प्रदेश २ सरकारले किन्यो ५ वटा बस, केहि दिनभित्रै संचालन हुने
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २८ गते ।
प्रदेश २ सरकारले पाँचवटा बस खरिद गरेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म चलाउन धनतेरसको अवसरमा पाँचवटा बस खरिद गरेको हो ।
आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम अनुरुप ५ वटा बस खरिद गरेको र केहि दिन भित्रै संचालन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।
सस्तो भाडादरमा जनताको सहज यातायात सुविधाको लागि लागि बस खरिद गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले केहिदिन भित्रै औपचारिक कार्यक्रम गरेर मात्र अधिकारिक रुपमा बस खरिद गरेको विषयमा जानकारी दिने टुडेपाटीलाई बताए ।
तस्वीरहरु : सौजन्य पत्रकार विजय साह
Sponsored