रौतहटबाट २० तोला चाँदीको सिक्कासहित भारतीय युवा पक्राउ
टुडेपाटी-
रौतहट, कात्तिक २६ गते ।
प्रहरीले एक भारतीय नागरिकलाई २० तोला चाँदीको सिक्कासहित रौतहटबाट पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारतको मोतिहारी सिक्टा घर भएका २३ वर्षीय चन्दन साह सोनार रहेका छन्
सोनारलाई जिल्लाको गौर नगरपालिका वडा २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेला प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट २० तोला तौलका २० वटा चाँदीको सिक्का बरामद गरेको छ ।
चाँदीसहित पक्राउ परेका सोनारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sponsored