TodayPati

प्रदेश २ : ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी’ विधेयक प्रमाणिकरण

टुडेपाटी-
जनकपुरधाम, कात्तिक २६ गते ।

प्रदेश नम्बर २ को सरकारले प्रदेशसभाबाट पारित गरिएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले सो विद्येयक प्रमाणिकरण गरेका हुन् ।

प्रदेशसभाबाट कात्तिक २ गते पारित भएको सो विधेयक संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको हो ।

Sponsored

परियारको कार्यकालमा प्रमाणिकरण गरिएको यो १३ औँ विधेयक हो । प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणिकरण गरिएका विधेयकको संख्या अहिलेसम्म ३५ पुगेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *