TodayPati

छठ पर्वमा सक्खरको माग पूरा गर्न धमाधम उखु पेल्दै महोत्तरीका किसान

टुडेपाटी-
महोत्तरी, कात्तिक २६ गते ।

महोत्तरीका उखु किसान दीपावली ९तिहार० पर्वको मुखमा धमाधम उखु पेल्न लागेका छन् । दीपावली र लगत्तै आउने छठ पर्वमा मिठ्ठा ९सक्खर० को माग निकै हुने बेला पारेर किसान उखु पेल्न जुटेका हुन् ।

अहिले घरमा पेलिएको उखुको सक्खर आम उपभोक्ताको रोजाइमा पर्ने भएपछि किसानको यस काममा व्यस्तता बढेको हो । जिल्लाको बर्दिबास, भङ्गाहा, गौशाला र औरहीसहित उखु खेती निकै गरिने नगरपालिका क्षेत्रका बस्ती÷बस्तीमा अहिले घरघरैजसो तुर्पिन ९उखु पेल्ने उपकरण० चलिरहेका भेटिन्छन् ।

Sponsored

“अहिले चाडपर्वले मिठ्ठाको माग निकै छ, त्यसैले तत्काल नगद हात पर्ने हुँदा उखु पेल्न थालिएको हो”, भङ्गाहा–४ प्रेमनगरका किसान सुफल महतोले भने, “अन्य बित्दो खेतीको काम नभएको र चाडपर्व मनाउन तत्काल नगद पाइने हुँदा उखु पेल्न लागेका हौँ ।” चिनी मिल ९उद्योग० को चलान कहिले खुल्ने टुङ्गो नहुने र भुक्तानी पनि समयमा नपाउने भएपछि उखु पेल्न थालिएको किसानको भनाइ छ ।

अहिले बर्दिवास नगरपालिकाका किसाननगर, मनहरिपुर, कृष्णपुर, फूलबारीटोल, बिजलपुरा, खजुरिया, पशुपतिनगर, हाथीलेट र प्रेमनगरसहितका बस्तीमा आम किसानलाई उखु पेल्ने चटारो देखिँदैछ । रासस

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *