TodayPati

वीरगञ्जबाट श्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय पक्राउ

टुडेपाटी-
वीरगञ्ज, कात्तिक २४ गते ।

र्सामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्रउ पर्नेमा भारतको रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैन छन् ।

वीरगञ्ज महानगरपालिका ८ माइस्थान चोकबाट रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो । बरामद रकम हुण्डी कारोबारमा प्रयोग हुन सक्ने प्रहरीको आशंका छ ।

Sponsored

पक्राउ परेका जैनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *