TodayPati

महोत्तरीमा २ विघा गाँजा खेती प्रहरीले गरे नष्ट

टुडेपाटी

जनकपुरधाम, कार्तिक २२ गते ।

महोत्तरी एकडारा गाउँपालिका ५ गेना बथनाहा गाउँको बिभिन्न स्थानहरुमा लगाएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरको छ ।

Sponsored

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलिले करेसाबारी, धान बालि, आपँ घारी र बाँस घारीमा लगाइएको २० हजार गाँजाको बोट शनिबार फडानी गरेको हो ।

अबैध गाँजा खेती भइरहेको विशेष सुचनाको आधारमा पुगेको प्रहरी टोलिले २० हजार गाँजाको बोट फडानी गरी सोहि ठाउँमा मट्टी तेल छर्केर जलाइ नष्ट गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *