TodayPati

जनकपुरमा जुवाको खालबाट ८ जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २२ गते ।

जनकपुरबाट जुवाको खालबाट होटेल संचालकसहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बस्ने डिके होटेलका संचालक बर्ष ४३ का दिलिप मण्डल, ३७ वर्षीय कैलाशप्रसाद गुप्ता, बर्ष ३५ का सजिप ठाकुर, बर्ष ४५ का वद्री साह र बर्ष २४ का शिवु मण्डल रहेका छन् ।

यस्तै वडा नं. ४ का ४० वर्षीया गणेश साह, बर्ष ३४ का बेचन साह र वडा नं. २ बस्ने बर्ष ४६ का विनय साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

Sponsored


तास जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार साँझ ६ बजे जनकपुरधाम ४ स्थित राजदेवी मन्दिर पछाडिको डीके होटेलबाट १ लाख ६३ हजार ६ सय ६० रुपैयाँसहित पक्राउ गरेको डीएसपी मिश्रले बताए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *