TodayPati

धनुषामा १९ सहित प्रदेश २ मा थप ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार पुग्यो

टुडेपाटी

जनकपुरधाचम, कार्तिक २१ गते ।

प्रदेश २ मा थप ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

Sponsored

यस सँगै प्रदेशमा संक्रमितको संख्या २० हजार पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा। कमलेश प्रसाद यादवले जानकारी दिए ।

आज सिरहामा २४, धनुषामा २३, पर्सामा १०, सप्तरीमा ८, महोत्तरीमा ७, रौतहटमा ५, बारामा ३, सर्लाहीमा २ र अन्य जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशमा शुक्रबारसम्म १३ हजार ३ सय १२ पुरुष र २ हजार ६ सय ८० महिला गरि १५ हजार ९ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वरिष्ठ चिकित्सक यादवले जानकारी दिए ।

Sponsored

त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका ११ महिला र ३६ पुरुष गरि ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आज सप्तरीका २७, बाराका १८ र पर्साका २ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ३१ महिला र १ सय ४९ पुरुष गरि १ सय ८० जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ।

पर्सामा ५०, सप्तरीमा ३१, सिरहामा २०, बारामा १९, धनुषामा १९, महोत्तरीमा १७, सर्लाहीमा १३, रौतहटमा १० र एकजना भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *