TodayPati

ढल्केवरमा मगही साहित्य साँझ कार्यक्रम हुने

टुडेपाटी

ढल्केवर, कात्तिक २१ गते ।

धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा मगही साहित्य साँझ कार्यक्रम हुने भएको छ ।

Sponsored

प्रतिभा युवा क्लवको आयोजनामा आगामी कात्तिक २८ गते ढल्केवर चोकमा मगही साहित्य साँझ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कविता, गजल, गीत, नृत्य लगायतका सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको मगही भाषाका अभियन्ता फुलगेन मगहीले जानकारी दिए ।

मगही भाषाको उत्थान, संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । अभियन्ता मगहीका अनुसार कार्यक्रम साँझ ५ बजेदेखि सुरू हुनेछ ।

Sponsored

कार्यक्रममा आफ्नो प्रस्तुती दिन ईच्छुक कालाकालहरुले कात्तिक २६ गतेभित्र नाम दर्ता गर्न गराउन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी कालाकारहरुलाई ससम्मान पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *