TodayPati

भारतबाट ल्याउँदै गरेको एक हजार प्याकेट पटाकासहित वीरगञ्जबाट चारजना पक्राउ

टुडेपाटी-
पर्सा, कार्तिक १९ गते ।

पर्साको वीरगञ्जबाट प्रहरीले विभिन्न प्रकारका पटाका सहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र तीन भारतीय छन् ।

बीरगंज महानगरपालिका १६ इनर्वा बस्ने बर्ष २० का रन्जन कुमार साह, भारत विहार राज्य रक्सौल मौजेटोल बस्ने बर्ष २६ का राजकुमार गुप्ता, बर्ष २६ का शैलेशकुमार चौरसिय र बर्ष ३० का अखिलेश प्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sponsored

बुधबार विहान ३ बजेको समयमा भारतको रक्सौलबाट विभिन्न किसिमको पटाका खरिद गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका १६ स्थित सडक खण्डमा ना.२ ह ३०४६ नम्बरको अटो रोकी चेकजाँच गर्दा पटाकासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार किंगकोबरा लेखिएको पटाका एकहजार प्याकेट बरामद गरेको छ । एक रिक्सा र एक साईकल समेत बरामद गरी चारैजनामाथि विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *